पर्वत। निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ। मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबिचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो। छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टर कात्तिक १४ गते १ बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा […]