काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यस निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतान्तरले विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई निकै पछाडि पार्दै ३५,७४१ मत प्राप्त गरी ऐतिहासिक जित दर्ता गराएका हुन् । निर्वाचनको रोचक प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार […]