डेडिकेटेड र ट्रङ्कलाइन विवाद : एक किस्तालाई विवादित रकम मानी समाधान खोज्ने प्रस्ताव

लामो समयदेखि जारी डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता विवाद समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले मध्यमार्गी प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच छलफल भएको थियो। छलफलमा उद्योगीहरूका […]