चुनावमा संघीय लोकतान्त्रिक मोर्चाको गठबन्धन

काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा मिलेर जाने भएका छन्। मोर्चाको आज (शनिबार) बसेको बैठकले आबद्ध दलहरू मिलेर (गठबन्धन गरेर) निर्वाचन लड्ने सहमति भएको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताए। बैठकले चुनावको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ।