काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेका थापाले करिब एक घण्टा कुराकानी गरेका हुन्। भेटमा मधेश सरकारको विषयसहित पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको थापानिकट स्रोतले जनाएको छ।