काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले बढेको छ। सोमबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रेकर्ड गरिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो। यस आधारमा सोमबार बिहानको प्रारम्भिक तापक्रम अघिल्लो […]