एनपीएल ट्रफीसहितको टोलीलाई सम्मान

गुल्मी। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज (आइतबार) सम्मान गरिएको हो। रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित सम्मान गरिएको हो। ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपीएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत […]