काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी भृकुटीमण्डपमा तीव्र बनेको छ। पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि आज बिहानैदेखि भृकुटीमण्डप र आसपासका क्षेत्र सजाउन थालिएको छ। बिहान ५ बजेदेखि नै कार्यकर्ताहरू चार तारे झन्डा र पार्टीका ब्यानरहरू लगाएर कार्यक्रमस्थललाई सिंगारिरहेका छन्। महाधिवेशनलाई व्यवस्थित […]