स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’ कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्यालगायत नसर्ने रोगका लक्षण देखिएका हुन् । नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, गाउँमा आफ्नै काममा व्यस्त रहेका, आर्थिक अवस्था कमजोर भएका […]