बिजुली बेचेर नेपाललाई १ बर्षमै साढे २९ अर्ब आम्दानी, व्यापार बचत चार गुणाभन्दा बढी

नेपालको विद्युत् व्यापारमा उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट भएको आम्दानीले आयात खर्चलाई ठूलो अन्तरले उछिन्दा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार समीक्षा वर्षमा भारत र बङ्गलादेशतर्फ ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरिएको छ। […]