संविधान संशोधनको प्रक्रियामै सर्वोच्चको रोक, प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ मा संविधान संशोधनको प्रक्रिया र नियमावलीको कानुनी हैसियतसँग सम्बन्धित दुई महत्वपूर्ण व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावलीको नियम १४० को उपनियम (११) र नियम २५९ कार्यान्वयन नगरी यथास्थितिमा […]