नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ। असोज २६ देखि लागू भएको अफरमा अल नेट भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ। ‘सजिलो अनलिमिटेड’ अन्तर्गत ६९९ रुपैयाँको प्याकमा ३० दिनका लागि अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस उपलब्ध हुनेछ। […]