केही नेवारहरू म्ह पूजा मनाउँदैनन्, उनीहरू यसलाई राज्यको एउटा अत्याचारसँग जोडेर हेर्छन्
'मैले जीवनमा कहिल्यै म्हपूजा गरेको छैन।' यो वाक्य सुन्नेबित्तिकै धेरैले मलाई अनौठो गरी हेर्छन्। त्यो हेराइ यति गहिरो हुन्छ, कहिलेकाहीँ त आफैलाई केही अपराध गरेजस्तो लाग्छ।