प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी कार्यवाहक राजदूतले भनिन् – ‘राहत र पुनर्निर्माणमा सहयोग गर्न तयार छौं’

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको शिष्टाचार भेटमा उनीहरूबीच भोटेकोशी बाढीपछिको राहत, पुनःस्थापना तथा पुनर्निर्माणलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त […]