नवनियुक्त राजदूत आचार्यले बुधबारबाट पदभार सम्हाल्ने

बेलायतका लागि २२ औं राजदूतको रुपमा भर्खरै मात्र नियुक्त भएका राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन् । लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार राजदूत आचार्य कतार एयरवेजको उडानबाट मंगलबार साँझ काठमाडौँबाट उडेर बुधबार बिहान लन्डन आइपुग्ने तालिका रहेको छ । राजदूत आचार्यले बुधबारबाट नै आफ्नो पदभार सम्हाल्ने छन् ।गतवर्षको अक्टुबर २४ मा तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बनेको थियो । हाल कार्यबाहक राजदूतको रुपमा काउन्सेलर तथा उपनियोग प्रम

सम्बन्धित सामग्री

नेपाल र नेपालीको हितमा काम गर्छु

काठमाण्डौ – ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालले नेपाल र नेपालीको हितमा काम गर्ने बताउनुभएको छ । बिहीबार नेपाली दूतावास मस्कटमा आफ्नो पदभार ग्रहण गर्दै राजदूत अर्यालले आउँदा दिनमा नेपाल र ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै  नेपाल र नेपालीहरूको हितमा काम गर्ने बताउनुभएको हो । नवनियुक्त राजदूत अर्यालले साउन ५ गतेदेखि ओमानका लागि नेपाली राजदूतको पदभार ग्रहण गर्नुभएको छ । राजदूत अर्याल यसअघि राहदानी विभागको महानिर्देशक हुनुहुन्थ्यो ।