लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

ललितपुर – २०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित हुनु भएको छ ।  यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो । रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो ।  उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो ।