नेपाली कांग्रेसमा प्रवेश गरे अभिनेता अनुप विक्रम शाही

काठमाडौँ।अभिनेता अनुप विक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन्।अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए।