युक्रेन युद्धका कारण एसियाको आर्थिक वृद्धि घट्ने, नेपालमा मुद्रास्फीति ६.५ प्रतिशत हुने प्रक्षेपण

युक्रेनमा भइरहेको युद्धका कारण एसियाको विकासको गतिमा कमी आउने एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ। यस वर्षको बृद्धि अघिल्लो वर्ष भन्दा कमी आउने बताइएको छ। सन् २०२२ मा चीन र भारतसमेत रहेको यस क्षेत्रको आर्थिक बृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। गत डिसेम्बरमा ५.३ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको थियो।…