बैतडी : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण गर्ने काम सकिएको छ।घर तथा घरपरिवार सूचीकरणका लागि सुपरीवेक्षक खटाइएकोमा ३ हजारभन्दा बढी परिवार थपिएका छन्।पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार ४८ हजार ८ सय ६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।विसं २०६८ को जनगणनाअनुसार यहाँ ४५ हजार परिवार थिए। उनले भने, ‘पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार ३ हजार ८ सय ६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्यांक