आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

सम्बन्धित सामग्री

छिमेक लघुवित्त : नाफा २६ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

२८ वैशाख, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा २६ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड ३७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो …

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सो अवधिसम्म २५ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २३ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा २३ दशमलव ४३२ प्रतिशत घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ११ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको हो । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । १९ प्रतिशत बोनस शेयरमार्फत चुक्ता पूँजी बढाएर १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष रकम २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्ष २१ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १८ करोड ८ लाख रुपैयाँभन्दा बढी छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा गत वर्ष २१ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह २६ प्रतिशतभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ९ अर्ब ४५ करोड ७६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले गत वर्ष यस अवधिसम्म ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मात्र कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने अघिल्लो वर्ष १० अर्ब ३९ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ७ अर्ब ६५ करोड ६२ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य रहेकोमा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३७ रुपैयाँ ८६ पैसा छ ।

तेस्रो त्रैमाससम्ममा समीट लघुवित्तको १७.२० % ले बढ्यो खुद नाफा

वैशाख १३, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १७ दशमलव २० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि १७ दशमलव २० प्रतिशतलेनै वृद्धि भएको छ । गत वर्ष रू. १५ करोड ९० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १८ करोड ६३ लाखभन्दा बढी नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ११ दशमलव ३१ प्रतिशत वृद्धि भई रू. २२ करोड ५३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा ३९ दशमलव ५९ प्रतिशत बढी अर्थात् रू. ३ अर्ब ६५ करोड ८९ लाख कर्जा सापटी लिएको छ । यो अवधिसम्म कम्पनीले गत वर्षभन्दा ३९ दशमलव २१ प्रतिशत बढी रू. ५ अर्ब ८३ करोड २६ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव १० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष घटेर १ दशमलव ७६ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ६२ छ ।  तेस्रो त्रैमाससम्ममा कम्पनीको तुरलता अनुपात २ दशमलव ९२ प्रतिशत कायम भएको छ ।

स्वस्तिक लघुवित्तको खुद नाफा ३५.४१% बढ्यो

फागुन ५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको सोही अवधिको भन्दा ३५ दशमलव ४१ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ८६ लाखभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ४३ दशमलव ५२ प्रतिशत बढी रू. १ करोड ४ लाख भएको छ ।  सम्भावित जोखिम शीर्षकमा गत वर्षभन्दा २२१ दशमलव ५३ प्रतिशत बढी रू. ५० लाख रकम छुट्याएको कम्पनीले गत वर्षभन्दा १५ दशमलव २७ प्रतिशत बढी रू. ३३ लाख खराब कर्जा उठाएको छ । कम्पनीको चुक्तापूँजी रू. ३ करोड ४६ लाख ५० हजार छ ।  गत वर्ष रू. ६८ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू. २ करोड ५१ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ५८ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने ६० दशमलव ३४ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष रू. ४८ करोड १८ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. ६८ करोड १ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।  निक्षेप संकलन भने गत वर्षभन्दा यस वर्ष ११७ दशमलव ७१ प्रतिशत बढी रू. १६ करोड ३८ लाख भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ५६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव ५० प्रतिशतमा झरेको छ ।                                                                                        स्रोत : कम्पनीको वित्तीय विवरण

नेरुडे लघुवित्तको खुद नाफा यस वर्ष ७७.३२% बढ्यो

माघ २०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १३ करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ७ करोड ४२ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ७७ दशमलव ३२ प्रतिशत बढेको हो । सञ्चालन नाफा ११ दशमलव २८ प्रतिशत घटेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलनले बढाएको हो ।  गत वर्ष रू. ११ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष नभएको खराब कर्जा संकलन यस वर्ष रू. १० करोड ४३ लाखभन्दा बढी भएको छ । यस वर्ष २१ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. ६० करोड पुगेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा ११ दशमलव ३५ प्रतिशत बढेर रू. ६३ करोड ३३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले ४६ दशमलव ८९ प्रतिशत बढी रू. ४ अर्ब ९२ करोड १६ लाख कर्जा सापटी लिएको छ भने ३५ दशमलव ७७ प्रतिशत बढी रू. ९ अर्ब ४६ करोड ८५ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले २० दशमलव ९३ प्रतिशत बढी रू. २ अर्ब ९६ करोड ८६ लाख निक्षेप संकलन गरेको छ ।  गत वर्ष ४ दशमलव २७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. २०५ दशमलव ५७ छ ।

६% बढ्यो एनएमबि बैंकको खुद नाफा, वितरणयोग्य नाफा ८७ करोडभन्दा बढी

माघ १०, काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ७१ करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६ प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. १ अर्ब ६१ करोड ३९ लाखभन्दा बढी थियो ।  यस वर्ष बैंकको सञ्चालन नाफा ५ दशमलव ३८ प्रतिशत बढेको छ । गत वर्ष रू. २ अर्ब २९ करोडभन्दा बढी सञ्चालन नाफा गरेकोमा यस वर्ष रू. २ अर्ब ४२ करोडभन्दा बढी भएको छ । यस वर्ष बैंकको वितरणयोग्य नाफा रू. ८७ करोड ४१ लाखभन्दा बढी छ ।  गत वर्ष यस अवधिसम्म यो नाफा रू. १ अर्ब ५० करोड ९६ लाखभन्दा बढी थियो । १२ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार पुर्‍याएको बैंकको रिटेन्ड अर्निङ सहित जगेडा कोष रकम रू. ६ अर्ब ७५ करोड ९३ लाखभन्दा बढी रहेको छ ।  यस अवधिसम्म बैंकको रिटेन्ड अर्निङ रू. १ अर्ब ५६ करोडभन्दा बढी र जगेडा कोष रू. ५ अर्ब १९ करोडभन्दा बढी छ । बैंकले यस वर्ष गत वर्षभन्दा १० दशमलव ४६ प्रतिशत बढी रू. १ खर्ब ८१ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने १३ दशमलव ९९ प्रतिशत बढी रू. १ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेको छ । यस वर्ष निष्क्रिय कर्जा १ दशमलव ४९ प्रतिशतमा झरेको छ । गत वर्ष यस अवधिमा यो कर्जा २ दशमलव ३८ प्रतिशत थियो । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ६४ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ८० रहेको छ ।

पहिलो त्रैमासमा सपोर्ट लघुवित्तको खुद नाफा करीब ७० % घट्यो

कात्तिक २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ  ।  उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ६९ दशमलव ९५ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४५ लाख ८२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ लाख ७७ हजार मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ६९ दशमलव ९६ प्रतिशत कम रू. २ करोड १० लाखभन्दा बढी भएको छ । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ३१ लाख ११ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ५० लाख ३४  हजार छुट्याएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा करीब ४ प्रतिशत कम रू. १ करोड ७१ लाख ९३ हजार भएको छ । हाल कम्पनीको चुुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको छ भने जगेडा कोष रकम रू. ५ करोड ३६ लाख ९३ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १०१ दशमलव ४४ प्रतिशत बढी कायम भएको हो । कम्पनीले यस वर्ष पहिलो त्रैमाससम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० प्रतिशत बढी रू. ८५ करोड ४९ लाख ५८ हजार कर्जा सापटी लिएको छ । ९ दशमलव ४० प्रतिशत बढी अर्थात् रू. २१ करोड ३ लाख २८ हजार निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६२ प्रतिशत बढी अर्थात  रू. १ अर्ब ७ करोड २४ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म २ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव ८८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ मा झरेको छ । गत वर्ष यो रकम रू. २८ दशमलव ९५ थियो । यो पनि हेर्नुस् : चौथो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा ३.३४ गुणा बढ्यो दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा २.४ गुणा बढ्यो सपोर्ट लघुवित्तद्वारा शेयरधनीलाई ३१.५७ % लाभांश प्रस्ताव

तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफा करीब १५ गुणाले बढ्यो

वैशाख ६, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ६ करोड ९७ हजार खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. ४१ लाख ५ हजार मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १४ दशमलव ६४ गुणा बढी भएको हो । गत वर्ष रू. ६३ लाख ५८ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. ७२ लाख ८३ हजार सञ्चालन नाफा गरेको छ ।  सञ्चालन घाटा सुधारिएसँगै कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष खराब कर्जा संकलन पनि गत वर्षभन्दा ६ दशमलव ८४ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड २८ लाख ७४ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ८१ लाख ९ हजार यो कर्जा संकलन गरेको हो । खुद नाफा उल्लेख्य मात्रामा बढेको कम्पनीको जगेडा कोष रकम पनि २१ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. १४ करोड ६८ लाख ९१ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १७ करोड ७७ लाख ८८ हजार कायम भएको हो । गत वर्षको तुलनामा चुक्तापूँजीमा भने कुनै परिवर्तन भएको छैन । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ ।  गत वर्षभन्दा १३ दशमलव ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २३ दशमलव ४६ प्रतिशत कर्जा प्रवाह गरेको छ । यस वर्ष गत वर्षभन्दा १४ दशमलव १४ प्रतिशत बढी कम्पनीले कर्जा सापटी लिएको छ । कम्पनीले यस त्रैमाससम्म रू. १ अर्ब २० करोड ३५ लाख ४२ हजार निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ९९ करोड ४६ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ ।  कम्पनीले रू. १ अर्ब ४१ करोड ६७ लाख ७१ हजार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको छ । गत वर्षभन्दा यसवर्ष कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्ष ३ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७४ प्रतिशत कायम भएको छ ।  यो त्रैमास अवधिभर कम्पनीले निक्षेपतर्फ ४ प्रतिशतदेखि ६ प्रतिशत र कर्जातर्फ १४ देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरी लागू गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३१ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ४५ रहेको छ ।