नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन

यहाँस्थित नेपाल भारत सीमा नाका गत नाै महिनादेखि बन्द रहे पनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ । नाका बन्द भएपनि सामाग्रीको आयात बन्द नहुँदा नेपालगञ्ज भन्सार कार्यालयले विगतभन्दा धेरै बढी राजस्व संकलन गरेर देखाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा यो कार्यालयले लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी राजश्व संकलन गरेर उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।