काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विदेश गएर नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्। प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशनको बन्द सत्रमा एमालेले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन चाहेको उनको भनाइ थियो।विदेशमा रहेका नेपालीले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यस अनुकूल वातावरण र नीति एमालेले बनाइरहेको दाबी पनि उनले गरे। एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई