उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि नियमावली संशोधन गरिएको छ । सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठक (फुलकोर्ट)ले उच्च अदालत नियमावली र जिल्ला अदालत नियमावली संशोधन गरेको छ । आगामी माघ २ गतेदेखि गोला प्रणालीबाट पेसी तोक्ने गरी यसअघि नै निर्णय भइसकेको छ । सर्वोच्च अदालतमा गत मङ्सिर १५ गतेदेखि नै गोला प्रणाली कार्यान्वयनमा आइसकेको छ ।