पछिल्लो चौबिस घण्टामा बाढी–पहिरो र अविरल वर्षाका घटनामा २८ जना बेपत्ता

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी २८ जना बेपत्ता भएका छन्। ती घटनाले २ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा १६, जाजरकोटमा ७ र बाजुरा, गोरखा, प्युठान, काभ्रे र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका छन्।

सम्बन्धित सामग्री

मनसुनको सय दिन : १ सय ७ जनाको मृत्यु,  सबैभन्दा बढी चट्याङबाट

नेपालमा मनसुन सुरु भएको यही भदौ २७ गते एक सय दिन पुरा भएको छ । यस अवधिमा बाढी, पहिरो, अविरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटनाबाट १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाइते भएका छन् । त्यस्तै ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४६ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । त्यसैगरी पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र

महाकालीमा बेपत्ता १० जना अझै भेटिएनन्

पानीको बहाव नघट्दा खोजीकार्यमा समस्या, बाढी प्रभावित क्षेत्रमा एक साता विद्यालय बन्द शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका– ३...

दार्चुला बाढी अपडेट: एकै घरका चार जना बेपत्ता, एकको मृत्यु ११ घर पुरिए

शुक्रबार रातिबाट परेको अविरल वर्षा कारण लस्कु नदीमा आएको बाढीमा परी दार्चुलामा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।...

धादिङकाे त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

धादिङ - धादिङकाे त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।  पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो।  गएरातिकाे अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएकाे लेदोले घर पुरिएकाे प्रहरीले जनाएकाे छ ।  घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्...

बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाको मृत्यु (अपडेट)

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ। मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो।बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो।घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए।इलाका प्रहरी कार्यालय दरबा

पछिल्लो दुई सातामा बाढी पहिरोमा २७ जनाको मृत्यु, २६ जना अझै बेपत्ता

काठमाडौंः पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ। वर्षाको कारण विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। बाढीले जनधनको क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोक जिल्ला सबै भन्दाबढी प्रभावित बनेको छ। गएको १७ दिनमा देशभर बाढी पहिरोमा परेर २७ (बिहीबार सम्म) जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १८ दिनमा…

बर्खायाममा सडकको दुर्दशा

देशभर विभिन्न ठाउँमा अविरल वर्षा भइराखेको छ । विगतको वर्षभन्दा यस वर्ष वर्षा बढी हुने भनेर मौसमविद्हरूले जनाइसकेका छन् । यसरी भइराखेको वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, तटीय क्षेत्रमा कटान र डुबानजस्ता समस्याहरूले बितण्डा मच्चाइराखेको छ । कैयौं मानिसले ज्यान गुमाएका छन्, धनजनको क्षतिका साथसाथै कैयौं मानिस बेपत्ता भएका छन् ।त्यस्तै वर्षाका कारण […]

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]

प्यूठानमा पहिरोले १ बेपत्ता २ को उद्वार

प्यूठानमा गएराति गएको पहिरोले १ जना बेपत्ता भएका छन भने २ जनाको उद्वार गरीएको छ। गौमुखी गाउँपालीका ३ मा पहिरोले पुरीएर १६ बर्षिय तुलसा घर्ति बेपत्ता भएकी छन्। शुक्रबार राती आएको आएको अविरल वर्षा सहितको पहिरोले स्थानीय शेर बहादुर घर्तिको घर पुरीएर उनको छोरी बेपत्ता भएकी हुन्।