प्रदेश १ - प्रदेशसभाको बैठक सुरु हुन ढिलाइ, यस्तो छ बैठकको कार्यसूची

प्रदेश १ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु हुन ढिलाइ भएको छ । दलहरु आन्तरिक तयारीमा जुटेका कारण २ बजेका लागि आह्वान गरिएको बैठक अहिलेसम्म बस्न नसकेको हो । बैठक बस्ने तयारी भईरहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका रहेको छ ।हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले  आर्थिक कार्यविधि ऐन ०७४ को दोश्रो संसोधन सम्बन्धी अध्यादेश सभामा पेश