बैतडी : भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ जनासहित ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका– ६ का ४८ वर्षीय मदनमोहन जोशी, खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थी, भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पिएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर बुधबारदुर्घटना भएको हो।गाडी विनोदकुमार चन्द आफैँले चलाएका बताइएको छ। उनको गाउँ