मन्त्रिपरिषद बैठक सकियो, संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं : सरकारले प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। विश्वासको मत लिनका लागि मात्रै बैठक आह्वान गरिएपनि सभामुखले अर्को बैठक यहि ३० गते दिउँसो १ बजे बस्ने बताएका थिए। 

सम्बन्धित सामग्री

सिंहदरबारमा ५ सदस्यीय मन्त्रिपरिषद बैठक जारी

सिंहदरबारमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको हो ।मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र निर्णय हुनसक्छ । बाँकी दैनिक कामकारवाहीका विषयमा छलफल हुन्छ’, ति मन्त्रीको भनाइ छ ।देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानु

४ बजे मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद् विस्तारमा गठबन्धनलाई सकस, रणनीति बुन्दै ओली

आज २०७८ असार ३१ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा संसद अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदको सिफारिस, साउन १० सम्म निषेधाज्ञा लम्ब्याइयो, एमाले संसदीय दलको बैठक आह्वान, माधवकुमार नेपाल र प्रचण्डसँग विप्लवको भेटवार्ता, यातायातमा भाडा वृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणालगायत छन् ।१. मन्त्रिपरिषद बैठक : साउन ३ मा संसद् अधिवेशन आह्वान गर्न सि

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद अधिवेशन आव्हानको सिफारिस हुने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो २ बजे बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यो देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठक हो। बैठकले प्रतिनिधिसभाको अधिवेशन आव्हानको सिफारिस गर्ने बताइएको छ। सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने तयारी

आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने एक मन्त्रीले सेतोपाटीलाई बताए। ती मन्त्रीका अनुसार संसद बैठक बोलाउनेबारे आज सिफारिस गर्ने तयारी छ।

साँझ मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन सोमबार साँझ ५ बजे मन्त्रपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

नेकपा स्थायी कमिटी बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठ पुन: सुरु भएको थियो। बिहीबार मन्त्रिपरिषद बैठक बसेपछि स्थायी कमिटी स्थगित भएको थियो। मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।