निक्षेप संकलन बढाउँदै राष्ट्र बैंक

काठमाडौं । वित्तीय प्रणालीमा तरलता ज्यादै बढेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन बढाएको छ ।  एक महीनामा २ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गर्दा पनि ब्याजदर कोरिडोरअनुसार औसत अन्तरबैंक ब्याजदर कायम नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन रकम बढाएको हो ।  राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधवार १४ दिनका लागि ३५ अर्ब रुपैयाँ उठाएको छ । यो तरलता प्रशोचनका लागि चालू आर्थिक वर्ष (आव) मा जारी गरेको हालसम्मकै ठूलो रकमको उपकरण हो । यसअघि १४ दिने अवधिको २५ अर्ब रुपैयाँसम्मको निक्षेप संकलन उपकरण जारी भएको थियो । बुधवार जारी निक्षेप संकलन उपकरणको बोलकबोलमा बैंकहरूले ३८ अर्ब ४० करोड रुपैयाँका लागि आवेदन गरेका छन् । यसमा बैंकहरूले न्यूनतम २ दशमलव ४९ र अधिकतम ३ दशमल १२ प्रतिशत ब्याजदर बोलकबोल गरेका छन् । राष्ट्र बैंकले केन्द्रीय बैंकले बिहीवार पनि ७ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दै छ ।  वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ महीनाको अवधिमा १४ पटक निक्षेप संकलन उपकरण जारी गरी २ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । त्यसमध्ये १ खर्ब ३५ अर्ब रुपैयाँ भने परिपक्व भई पुन: बैंकिङ प्रणालीमा फिर्ता भइसकेको छ ।  वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ महीनाको अवधिमा १४ पटक निक्षेप संकलन उपकरण जारी गरी २ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । अझै अन्तरबैंक ब्याजदर तोकिएको सीमाभन्दा तल कायम भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन बढाएको हो । शनिवारसम्ममा औसत अन्तरबैंक ब्याजदर २ दशमलव ५८ प्रतिशत कायम भएको छ ।  ‘ब्याजदर कोरिडोरसम्बन्धी कार्यविधि २०७६’ अनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । यसका लागि राष्ट्र बैंकले तरलता प्रवाह र प्रशोचन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने प्रावधान छ । केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत निक्षेप संकलनदर ३ प्रतिशतमा झारेको छ । यसअघि यो दर ४ दशमलव ५ प्रतिशत थियो । निक्षेप संकलन ब्याजदर नै कोरिडोरको तल्लो सीमा तोकिएकाले केन्द्रीय बैंकले अन्तर ब्याजदर यसभन्दा तल आएमा तरलता प्रशोचन गर्नुपर्छ ।  चालू आवमा भदौ अन्तिमबाटै अन्तरबैंक ब्याजदर कोरिडोरको सीमाभन्दा तल कायम भए पनि राष्ट्र बैंकले मङ्सिरसम्म त्यसलाई बढाउन कुनै उपकरण प्रयोग गरेन । सरकारले धमाधम सस्तो ब्याजदरमा आन्तरिक ऋण उठाइरहेकाले केन्द्रीय बैंकले बेवास्ता गरेको थियो । सरकारको ऋण उठाउने योजना पूरा भएपछि पनि अन्तरबैंक ब्याजदर तोकिएको सीमाभित्र कायम नभएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट धमाधम तरलता प्रशोचन गरिरहेको छ । मौद्रिक नीतिमा भने ब्याजदर लक्ष्यभन्दा कम वा बढी भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गर्ने उल्लेख छ ।  पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा अधिक तरलता देखिएको हो । गत शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव १७ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार उनीहरूसँग थप ५ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता छ । पुसमा बैंकहरूले ब्याजदर घटाएर कर्जा विस्तारमा जोड दिए पनि बढ्न सकेको छैन । शनिवारसम्ममा बैंकहरूले ६० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवमा बैंकहरूमा २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ मात्र विस्तार भएको छ । 

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२६ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल उपकरण मार्फत ७ दिनका लागि २५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । २४ माघमा राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने सूचना प्रकाशित गरेपनि त्यसलाई क्यान्सिल […]

३ दिनमै बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं, १८ माघ। बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको छ। बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो। बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ। त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो।

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३ माघमा बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी […]

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो । मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको […]

अधिक तरलता भएपछि ३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

११ पुस, काठमाडौं । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० […]

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ३ पुसमा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरला खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनामा […]

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ । बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको […]

तरलता सहज पार्न बजारमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले बिहिबार ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो  । आगामी साउन १९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक त्तहा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन्  ।  बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।  बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।  तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ । खुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् ।

विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

काठमाडौं । विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन गर्दै विदेशी बैंकलाई नेपालमा शाखा खोल्नका लागि न्यूनतम पूँजीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक लचिलो भएको हो । बुधवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले विदेशी बैंकहरूले शाखा खोल्दा कम्तीमा २ करोड अमेरिकी डलर चुक्ता पूँजी भए पुग्ने व्यवस्था गरेको छ । पहिले न्यूनतम चुक्ता पूँजी २ करोड अमेरिकी डलर (करीब अढाइ अर्ब) तोकिए पनि सन् २०१४ मा संशोधन गरी नेपाली बैंकहरूको विद्यमान पूँजीअनुसार नै कायम गर्नुपर्ने व्यवस्था थप गरिएको थियो । हाल वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ कायम रहेकाले विदेशी बैंकले पनि शाखा खोल्दा उक्त रकमअनुसार नै पूँजी कायम गर्नुपथ्र्यो । तर, नयाँ निर्देशिकाले २ करोड अमेरिकी डलर भए पुग्ने व्यवस्था गरेको छ । विदेशी बैंकलाई नेपालमा आकर्षित गर्न चुक्ता पूँजीको व्यवस्था लचिलो गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘यसअघिको प्रावधानका कारण विदेशी बैंकहरू आकर्षित भएनन्,’ उनले भने, ‘त्यसैले पहिलाको व्यवस्थामा केही सुविधा दिएका हौं ।’ राष्ट्र बैंकले १२ वर्षअघि शाखा खोल्न पाउने नीति जारी गरे पनि हालसम्म कुनै विदेशी बैंकले नेपालमा शाखा खोलेका छैनन् । कतारको दोहा बैंक, यूएईको मसरेक बैंक र भारतको आईसीआईसीआई बैंकले मात्र सम्पर्क कार्यालय खोलेका छन् । सम्पर्क कार्यालयले बैंकिङ कारोबार गर्न पाउँदैनन् । यी बैंकले पनि शाखाको रूपमा सञ्चालन गर्न चाहेमा राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पूँजी कायम गर्नुपर्नेछ । निर्देशिकाअनुसार विदेशी बैंकका शाखाले ठूलो रकमको निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउँछन् । यिनीहरूले कम्तीमा १ करोडभन्दा बढीको निक्षेप र २ करोडभन्दा बढीको कर्जा मात्र लगानी गर्न पाउँछन् । विदेशी बैंकहरूले नेपालमा सम्पर्क कार्यालय खोल्दा वार्षिक रूपमा ५ हजार अमेरिकी डलर शुल्क बुझाउनुपर्ने प्रावधानसमेत राष्ट्र बैंकले निर्देशिकामा थपेको छ ।