लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।उनले प्रदेश मन्त्रीपरिषद्को  बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको  बताए । शपथ ग्रहण  लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प