भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरी सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। चन्दनबाडीबाट पहलगाम जाँदै गर्दा बसको ब्रेक फेल भएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सीमा सुरक्षा बलले एक ट्वीट गरेर अमरनाथ यात्राको ड्युटीबाट फर्किरहेका जवानलाई बोेकेको बसको दुर्घटना भएको जानकारी दिएको छ ।