जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै

सम्बन्धित सामग्री

पूर्वमन्त्री एवं जसपा केन्द्रीय सदस्य मुसलमान माओवादी प्रवेश

बुटवल । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेललगायतले पार्टीमा स्वागत गरेका हुन् । मुसलमान २०६४ सालको पहिलो...

जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गरेका हुन् । जसपाबाट पार्टी प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताएका छन् ।

संविधानसभा सदस्यसहित लोसपा र जसपाका नेता माओवादी प्रवेश

काठमाडौं । जसपा र लोसपाका केन्द्रीय नेतासहित केही नेता कार्यकर्ताले माओवादी रोजेका छन् । संविधानसभा सदस्य तत्कालीन राजपा नेता सल्मा बेगम मिकरानी, लोसपा केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच उनीसहित […]

जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि थिए । पार्टीबाट राजीनामा दिएको लगत्तै चौधरी पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका हुन् । सम्बन्धित समाचार : जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा