आगामी वर्षमा उपत्यकामा १०० विद्युतीय वस

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा १०० वटा विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले बजेट व्यवस्थापन गरेको हो। उपत्यकामा कम्तिमा ५० वटा चार्जिङ स्टेसन बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताए।

सम्बन्धित सामग्री

४० वटा विद्युतीय बसबाट साझाले सेवा विस्तार गर्दै, सडकको अवस्था परीक्षण सुरु

साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो ।

काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो कुराको जानकारी गराएका हुन् ।त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ ।