पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्।
पछिल्लो २४ घण्टा देशभर थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २२१ जना स्रक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ५७४ जनाले कोभिड १९ विरोद्धको खोप लगाएका छन् ।
भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]
काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]
नयाँ दिल्ली– भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । यस अघि […]
भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । यसअघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए । सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो । तीन दिनमा संक्रमितको संख्या तीन गुणा भएको हो ।
विगत एक हप्तायता कोरोना संक्रमित बढ्दै गएको भारतमा त्यो क्रम आज पनि जारी रह्यो । मंगलबार गत २४ घण्टामा थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ …
दक्षिण अफ्रिकामा कोरोनाका नयाँ संक्रमितको संख्यामा एक दिनमा दोब्बरको वृद्धि भएको छ । बुधबार बेलुका यहाँको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेजले पछिल्लो २४ घण्टामा त्यहाँ ८,५६१ संक्रमित दर्ता गरेको छ जबकी यसको २४ घण्टा अघि यहाँ ४,३७३ संक्रमित भेटिएका थिए । त्यसपछि यहाँ भ्याक्सिन नलगाएका व्यक्तिहरुमाथि प्रतिबन्ध लगाउन यहाँको सरकारमाथि दबाब बढेको छ ।यस्तै, दक्षिण अफ्रिकी वैज्ञानिकले ओमिक्रोनले हल्का संक्रमित मात्रै गराउँछ भनेर अहिले नै मान्नु गलत भएको बताएका छन् ।वैज्ञानिकका अनुसार हाल
कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट भएको
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने देशभर &