बैतडी : बैतडीमा वैशाख २६ गतेदेखि मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाइने भएको छ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाइएको हो।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार शुक्रबार बसेको सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मत परिणाम नआउँदा सम्म मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको छ।निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २६ गतेदेख