१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

काठमाडौं । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना निषेधाज्ञा भए पनि उक्त महीना अधिकांश विकास बैंकले राम्रै मुनाफा गर्न सफल भएका छन् । सञ्चालनमा रहेका आठओटा राष्ट्रियस्तरका विकास बैंकले चालू आर्थिक वर्षको १० महीनासम्ममा समग्रमा खुद नाफा ५ अर्ब २ करोड २४ लाख रुपैयाँ हात पारेका छन् । यस अघिको चैत महीनासम्ममा ती बैंकहरूले खुद नाफा रू. ४ अर्ब ४९ करोड ९९ लाख गरेका थिए । एकै महीनाको अन्तरमा उक्त विकास बैंकहरूले ५२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि मासिक करीब ५० करोड रुपैयाँको हाराहारीमा नाफा गरेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा राम्रै बढेको देखिए पनि केही बैंकले भने यसअघिको महीनाभन्दा कम नाफामा चित्त बुझाउनु परेको छ । पछिल्लो समयसम्म राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक सञ्चालनमा रहेका छन् । उक्त बैंकमध्ये चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिसम्म यसले रू. १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि चैतसम्ममा अर्थात् तेस्रो त्रैमासमा रू. १ अर्ब ५६ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको थियो । एकै महीनाको अन्तरमा उक्त बैंकले करीब ११ करोडको नाफा गरेको छ । तर, यो नाफा वृद्धि भने गत महीनाको भन्दा कम देखिन्छ । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल १० महीनाको बीचमा जम्मा आधा महीना मात्रै बन्द भएकाले बाँकी समय पूरै काम गर्न पाउँदा विकास बैंकहरूको नाफा वृद्धिमा खासै प्रभाव नपरेको बताउँछन् । कुल खुद नाफा कमाउने दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ । यसले वैशाखसम्ममा ७५ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । कुल खुद नाफा गर्ने तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले रू. ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यसले १ महीनामा थप ८ करोड नाफा बढाएको छ । कामना सेवा विकास बैंकले वैशाखसम्ममा ६४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यसले गत चैत्रसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । यस बैंकले यस अवधिमा ५ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वैशाखसम्ममा रू. ५० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । निषेधाज्ञाको महीनामा राम्रो नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । गत तेस्रो त्रैमास अर्थात् चैतसम्ममा रू. ४० करोड ३६ लाख खुद नाफा गरेको उक्त बैंकले वैशाखमा रू.९ करोड ३८ लाख रुपैयाँले नाफा वृद्धि गरेर कुल नाफा रू. ४९ करोड ७४ लाख आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा अत्यावश्यक खालका रिटेल, मार्जिन प्रकृतिका कर्जाहरू गएका र यसबाट ब्याज आम्दानी भइरहेकाले निषेधाज्ञा भए पनि बैंकको नाफा वृद्धिमा कम प्रभाव परेको बताउँछन् । राष्ट्रियस्तरका लुम्बिनी र सांग्रिला डेभलपमेन्ट बैंकको कुल खुद नाफा बढे पनि मासिक वृद्धि भने घटेको छ । लुम्बिनी विकास बैंकले १० महीनामा रू.४६ करोड २८ लाख नाफा गरेको छ । यसले चैतमा रू.४२ करोड ३७ लाख नाफा गरेको थियो । यसबीच १ महीनामा थप रू. ३ करोड ९० लाख नाफा बढाएको छ । गत चैतसम्ममा रू. ३५ करोड १ लाख खुद नाफा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले रू. ८४ लाखको हाराहारीमा मात्रै नाफा वृद्धि गरेर वैशाखमा रू. ३६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको नाफा करिब १० करोडले घट्यो

१७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १० करोड रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सो अवधिमा ४० करोड २४ लाख रुपैयाँ मात्रै कमाएको छ । बैंकको खुद ब्याज […]

प्रोभिजनिङ बढ्दा पनि बढ्यो सिटिजन्स बैंकको नाफा

१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

नबिल बैंकको नाफा करिब ५ अर्ब

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आबको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको […]

२ अर्ब नाघ्यो एनसीसी बैंकको नाफा

९ साउन, काठमाडौं । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब २ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ […]

प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो

खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि र प्रोभिजन राइटब्याक गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा प्रभु बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।

प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो

काठमाडौं । प्रभु बैंकको लिमिटेडको नाफा १६.९० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा रकम घटेर १ अर्ब २६ करोड २ लाख १० हजार रूपैयाँमा सीमित हुन पुगेको हो । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको […] The post प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ । विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार […] The post कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.