हेटौंडा : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पछिल्लो गतिविधिले मकवानपुरको राजनीतिलाई तरंगित बनाएको छ।कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका उनले चुनाव जित्न अनेक तिगडम लगाउन थालेका छन्। नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका थापा एमालेको कार्यक्रममा पनि सक्रिय रुपमा देखा पर्न थालेका छन्। पटक–पटक हारको स्वाद चाखेका थापाले मंसिर ४ को चुनाव आफ्नो राजन