हतियारसहित सुन पसल लुट्ने प्रयास गरेको आरोपमा ६ जना पक्राउ

मोरङ– मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुन पसलमा हतियारसहित लुटपाट गर्ने प्रयासमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले घटना भएको १२ औँ दिनमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सुन पसलमा दिनदहाडै लुट्ने असफल प्रयास गरेका सुनसरीगढी गाउँपालिकाका ४५ वर्षीय प्रमोद चौधरी, इटहरी उपमहानगरपालिका तरहरामा बसोबास गर्दै आएका संखुवासभा सभापोखरीका ३९ […]