चाडवाडमा महंगियो फलफूलको मूल्य

नेपालीको महान चाड बडा दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा दसैँको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेक