काठमाडौंमा प्रकाशमानलाई गगनको साथ, देउवा र भीमसेनदास एकातिर

१५ असोज, काठमाडौं । नेपाली कांग्रेस, काठमाडौंको नगर अधिवेशन शनिबार हुँदैछ । संघीय राजधानी समेत रहेको काठमाडौंमा एक महानगर र १० नगरपालिका छन्, जसमध्ये अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिन्छ । कांग्रेसको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौैंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ […]