बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्। उनले ४१ हजार २०० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। यस्तै जनता समाजवादी पार्टी, नेपालका सन्जुसाह कानुले ७ हजार ५९३ मत ल्याएका […]
थापाले नेतृत्व गरेपछि कांग्रेसको एउटा पङ्क्तिमा उत्साह थपेको पनि थियो । नागरिकहरूमा एक प्रकारले परिवर्तनको अनुभूति गरेको विश्लेषण भइरहेको थियो । तर, थापालाई नागरिकले विश्वास भने नगरेको देखियो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौमा झण्डै ४ प्रतिशत मत प्राप्त गरेको छ। काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुले प्राप्त गरेको मतलाई आधार मान्दा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा ५ प्रतिशत भन्दा तल खुम्चिएको हो।
बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार जनक गिरी अग्रस्थानमा रहेका छन्। उनले हालसम्म ५ हजार ९२१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले ५ हजार ५०६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार १६९ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एकीकृत […]