नेकपा एमाले स्थायी समितिले माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथि गरेको कारवाही फिर्ता गरेको छ ।पार्टी, राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिमा निर्णय गर्ने अधिकार अनुरुप अध्यक्षले विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न भन्दै निलम्बन फुकुवा गरेको नेता प्रदीपकुमार ज्ञवालीले बताए ।बैठकले पशुपति चौलागाईको श्रद्धाञ्जलीमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको बताए l