नेपालले दियाे जिम्बाब्वे 'ए' लाई १ सय ८२ रनकाे लक्ष्य

काठमाण्डाै – पहिलाे टी–२० अभ्यास खेलमा नेपालले जिम्बाब्वे 'ए' लाई एक सय ८२ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायाे ।  नेपालका लागि माेहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, राेहित पाैडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जाेङ्गे, ब्रान्डन मभुता र जाेन मसराले एक/एक विकेट लिए । नेपाल र जिम्बाब्वे ए ले तीन खेलकाे टी–२...