पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा फराकिलो मतान्तरले कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । अघिल्लो पटक आफूलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्री (तिलक)लाई यस पटक कार्कीले २ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् ।