अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

मनाङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः […]

सम्बन्धित सामग्री

वर्षायामसँगै सुनसान बन्दै अन्नपूर्ण पदमार्ग

विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ । तीन साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बनेको पर्यटन व्यवसायी …

अन्नपूर्ण पदमार्ग : कोभिड तेस्रो लहरले पर्यटक आगमन ठप्प

कास्की । विश्व पर्यटन बजारका महत्त्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिदेखि पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका बताइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरू बताउँछन् । कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको संख्या ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । ‘कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ,’ उनले भने । पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरूको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउन समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ ।’ रासस

सङ्क्रमणको जोखिम भएसँगै सुनसान पदमार्ग, चिन्तित व्यवसायी

कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो ।      कोरोना सङ्क्रमणको पहिलो लहर कम हुँदै गएपछि दैनिकजसो दुइदेखि १० जनासम्म पर्यटक आउने गरेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम बढ्न थालेपछि यतिबेला पर्यटक आगमन ठप्प भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

प्रसिद्ध अन्नपूर्ण पदमार्ग दुवै सिजन सुनसान

लमजुङ-पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग यो वर्षको दुवै सिजन सुनसान भएको छ । विश्वव्यापीरूपमा कोभिड–१९ ले पारेको प्रभावका कारण पर्यटकको आगमन रोकिएपछि पदमार्ग सुनसान भएको हो ।अन्नपूर्ण पदमार्गमा अंगे्रजी पात्रोअनुसार पहिलो सिजन मार्चदेखि मे र दोस्रो सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म अत्यधिक पर्यटक आउने गर्दछन् । पर्यटन व्यवसायका निम्ती यी दुवै सिजन पिक सिजनको रूपमा लिने […]