ओलीलाई देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

२४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । र, संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् । बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो […]

सम्बन्धित सामग्री

निष्कर्ष निस्किसकेको छैन: मन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा मन माझेर कुराकानी भए पनि कुनै निष्कर्षमा भने नपुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले बैठकमा प्रधानमन्त्री देउवाले एमालेलाई संसदको अवरोध हटाउन र एमसीसी पास गर्न सघाउन आग्रह गरेको बताए। बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्री कार्कीले भने, […]

एमालेको माग पुरा गर्न प्रधानमन्त्री लचिलो, आजै साँझ फेरी छलफल हुने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी थिए। छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए  । एमालेले नै दर्ता गरेको प्रस्तावलाई कांग्रेसले प्रक्रियामा लगेर टुंगो लगाउन लागेकोले त्यसमा सहयोग गर्न आग्रह गरिएको उनले बताए  । यस विषयमा आजको वार्ता सकारात्मक रहेको र आज साँझ ७ बजे पुन: छलफल गरि बैठक स्थगित भएको महामन्त्री थापाले बताए  ।महामन्त्री थापाले अहिलेको गठबन्धन अब अगाडी बढ्न नसक्ने निष्कर्षमा पुगिएको पनि बताए  । तर सत्ता समीकरणमा छलफल हुनु अगाडी अहिलेको छलफल भने संसदको अवरोध खुलाउने र एमसीसीलाई पारित गर्नेमा केन्द्रित रहेको बताए  ।आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।  प्रतिनिधिसभाको बैठक भोलि शुर्क्रबर १३ दिउँसो १ बजे बस्ने भएको छ ।प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न ओलीको साथ खोजेका छन् । ओलीले भने आफ्ना माग पुरा नभए सम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएका छन् । एमालेले सभामुखले राजिनामा दिनु पर्ने र आफ्ना पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई संसद बैठकमा राखेर संसद चल्न दिन नसक्दै बताउदै आएको छ । एमालेले नेकपा एकिकृत समाजवादीका ति १४ जनालाई गैर सांसदको संज्ञा दिदै आएको छ । गैर सांसद राखेर संसद बैठक चल्न नसक्ने एमालेको अडान छ । देउवाले यस अघि पनि पटक पटक एमालेसँग संवाद गरेका थिए । यस्त परिस्थितिमा आज साँझ हुने छलफल भने निर्णायक हुने बताईएको छ । हालको सत्ता गठबन्धन भत्किने संकेत समेत नेताहरुले गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  आज संसद भवनबाट बाहिरिने क्रममा गठबन्धन बन्नु र भत्किनु ठूलो कुरा नभएको बताएका थिए  । त्यस्तै एमाले सचिव योगेश भट्टराईले गठबन्धन रहेसम्म देशले निकास नपाउने बताएका थिए  । अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने भट्टराईको भनाई थियो। कांग्रेस नेताहरुले समेत सत्तामा बस्ने तर सरकारले ल्याएको प्रस्ताव पास नगर्ने हो भने सरकारमा बस्नुको औचित्य समाप्त हुने बताउदै आएका छन् । यिनै कारण सत्ता समीकरणमा फेरबदलको सम्भावना अधिक रहेको नेताहरु बताउछन् ।

एमसीसीबारे सत्ता गठबन्धनमा जुटेन सहमति, आजको बैठक पनि निष्कर्षबिहिन

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ। बिहिबार साँझको बैठक निष्कर्षबिहिन भएर आज शुक्रबार बिहान बैठक बसेको थियो । तर आजको बैठक पनि निष्कर्षबिहिन भएको हो ।    बैठकमा दलहरुले आ-आफ्नो नछोडेपछि बैठक विना निष्कर्ष टुंगिएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसी टेबल गर्ने बताएका थिए । बैठकमा उनले एमसीसी पास फेल जे भए पनि संसदमा टेबुल गर्न दिनु पर्ने बताएका थिए । तर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने संसदको अवरोध नखुली एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका छन्। सोहि कारण बैठक बिना निष्कर्ष टुंगिएको हो । अब अर्को बैठक आइतबार बस्ने बताईएको छ ।  बिहिबारको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिए लगतै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा एमाले अध्यक्ष  ओलीलाई भेट्न बलकोट गएका थिए।संसद बैठक आज शुक्रबारको लागि बोलाईएको छ ।

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिए लगत्तै देउवा ओलीलाई भेट्न पुगेका हुन् ।आज साँझ बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको थियो ।  अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको बैठकमा दलहरुले आ-आफ्नो नछोडेपछि बैठक विना निष्कर्ष टुंगिएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसी टेबल गर्ने बताएका थिए । बैठकमा उनले एमसीसी पास फेल जे भए पनि संसदमा टेबुल गर्न दिनु पर्ने बताएका थिए । तर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने संसदको अवरोध नखुली एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका छन्। सोहि कारण बैठक बिना निष्कर्ष टुंगिएको हो ।संसद बैठक भोली शुक्रबारको लागि बोलाईएको छ । संसद बैठक अघि पुन: गठबन्धनको बैठक बस्ने सहमति भएको छ । जस अनुसार भोलि बिहान ९ बजे सत्तारुढ चार दलका शीर्ष नेताहरुको पुन: बैठक बस्ने छ । गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिए लगतै देउवा  ओलीलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।

एमसीसीबारेको शीर्ष नेताहरुको बैठक निष्कर्षबिहिन, शुक्रबार फेरी बस्ने

सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।  अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको बैठकमा दलहरुले आ-आफ्नो नछोडेपछि बैठक विना निष्कर्ष टुंगिएको हो।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसी टेबल गर्ने बताएका थिए । बैठकमा उनले एमसीसी पास फेल जे भए पनि संसदमा टेबुल गर्न दिनु पर्ने बताएका थिए । तर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने संसदको अवरोध नखुली एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका छन्। सोहि कारण बैठक बिना निष्कर्ष टुंगिएको हो ।संसद बैठक भोली शुक्रबारको लागि बोलाईएको छ । संसद बैठक अघि पुन: गठबन्धनको बैठक बस्ने सहमति भएको छ । जस अनुसार भोलि बिहान ९ बजे सत्तारुढ चार दलका शीर्ष नेताहरुको पुन: बैठक बस्ने छ ।

भीम रावलको प्रश्न– संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?

१ पुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् । सामाजिक सन्जालमा रावलले लेखेका छन्– सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई […]