सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण

सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो।...

सम्बन्धित सामग्री

युवा स्वरोजगार कोष: सहकारी संस्थाले तिरेनन् साँवा र ब्याज

चार वर्षभित्र ऋण तिर्ने गरेर सहकारीले कोषबाट ल्याएको ५० लाख रुपैयाँ ऋण अहिले ब्याजसहित जोड्दा ८० लाख बढी पुगिसकेको छ। मासिक किस्ता र व्याज नबुझाउँदा कोषले ऋण लिँदा राखेको ज्याथा लिलामीको सूचना निकालिसकेको छ। सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी एक वर्षदेखि कोषको सम्पर्कमा छैनन्।

युवा स्वरोजगार कोष: सहकारी संस्थाले तिरेनन् साँवा र ब्याज

चार वर्षभित्र ऋण तिर्ने गरेर सहकारीले कोषबाट ल्याएको ५० लाख रुपैयाँ ऋण अहिले ब्याजसहित जोड्दा ८० लाख बढी पुगिसकेको छ। मासिक किस्ता र व्याज नबुझाउँदा कोषले ऋण लिँदा राखेको ज्याथा लिलामीको सूचना निकालिसकेको छ। सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी एक वर्षदेखि कोषको सम्पर्कमा छैनन्।

समृद्धि सहकारीको साधारण सभा सम्पन्न, १० % बोनस शेयर दिने प्रस्ताव पारित

पुस १७, काठमाडौं । समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार ललितपुरको इमाडोल ब्यांक्वेटमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि लेखापरीक्षकको रुपमा लामा एण्ड कम्पनीका जीतराम लामालाई नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ ।  सभामा महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष नबिन कुमार न्यौपानेले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उनले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । ‘सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु हो,’ वडा अध्यक्ष न्यौपानेले भने, ‘शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्दछ ।’  राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।  सभामा संस्थाका अध्यक्ष अमर कुमार राईले आव २०७७/ ७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/ ७९ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गरेका थिए ।  संस्थाको शेयर पूँजी १ करोड ४२ हजार रुपैयाँ रहेको छ । सहकारीले दिगो विकासका लागि जगेडा कोषतर्फ १५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।  संस्थाले २०७८ असार मसान्तसम्ममा २ करोड ९३ लाख ६९ हजार रुपैयाँ निक्षेप  संकलन गरेको छ । संस्थाको आम्दानीतर्फ अघिल्लो आव २०७६/ ७७ को भन्दा केही कम हुन गई ४५ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।  चालू आवमा भने ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष खड्ग बहादुर तामाङ्ले बताए । संस्थाको बचत परिचालन भने अघिल्लो आवको भन्दा ३९ प्रतिशतले वृद्धि भएको छ । गत अवामा ५ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाले चालू आवमा भने बढाएर ११ लाख ६९ हजार पुर्‍याउने लक्ष्य लिएको कोषाध्यक्ष तामाङ्ले बताए । संस्थाको जम्मा आम्दानी ७२ लाख ३४ हजार रुपैयाँ र खर्च ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।  संस्थाले यस वर्ष ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यसलाई चालू आवमा बढाएर ९ करोड ६५ लाख ६३ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको सभामा जानकारी दिइयो ।  सीमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका सचिव राम कुमार लामाले बताए ।  संस्थाले चालू आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजनासँग आवद्ध गराइने पनि सभामा जानकारी दिइयो । यसका साथै युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण ल्याई सदस्यहरुलाई कर्जा प्रवाह गरिने संस्थाले बताएको छ ।