'थ्रेसर' काे प्रयाेग बढ्याे, हराउँदै दाइँ संस्कृति !

लमजुङ - नेपाली किसानको मौलिक परम्परा हो, दाइँ संस्कृति । तर प्रविधिको विकाससँगै पछिल्लो समय दाइँ हाल्ने परम्परा गाउँघरबाटै हराउँदै गएको छ ।विगतमा कार्तिक मंसिरमा फाँटमा गरा खुर्केर । गोबर माटोले पोतेर । मियो गाडेर । कुन्युबाट धानको मुठा निकाली झाँटेर । धेरैभन्दा धेरै गोरु मियोमा घुमाएर । भाका हाल्दै । गोरु धपाउँदै, पराल माड्दै । रासमा रहेको धान नाङ्लोले बत्ताउँदै । परालको भारी हाल्दै आपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो ।गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन थियो । दाइँ संस्कृतिले आपसमा...

सम्बन्धित सामग्री

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै

किमाथाङ्का,सङ्खुवासभा । जिल्लाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ । गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ । एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्दै आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो । दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले बताए। पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताए। युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए।

गोरु घुमाएर दाइँ हाल्ने परम्परा लोप हुँदै

संखुवासभा :  जिल्लाका किसानहरू यतिबेला गोरु घुमाएर दाइँ लाउने,धान स्वाहार्ने चटारोमा छन्। किसानहरू एकआपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो तर हिजोआज बिरलै त्यस्ता दृश्य देख्न पाइन्छ। संखुवासभामा पछिल्लो समय गोरुको सहायताले हाल्ने दाइँ संस्कृति लोप हुन थालेको छ।गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो। गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन्। जसका कारण पहिलेजस्तो मियोमा गोरु घुम

गाउँमै लाग्यो शत्रु, दाइँ गर्न ठिक्क पारेको धानमा आगजनी

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा दाइँ गर्न राखिएको  धानमा अज्ञात समूहले आगो लगाएर छ।फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका किसान लक्ष्मी नारायण यादवको पौने दुई बिगाह खेतमा लगाएको धान शनिबार राति करिब ९ बजेतिर समूहले आगो लगाएका हुन्।आगलागीबाट सबै धान जलेर नष्ट भएको पीडित किसान लक्ष्मी नारायण यादवले बताए।सबै खेतको धान एकैठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारी गरेकोमा शनिबार राति नै आगो लागइदिएको यादवको भनाइ छ।आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको पीडित किसान या

गोरु नभएपछि ‘थ्रेसर मेशिन’ ले दाइँ

गलकोट, २४ कात्तिक । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ । केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’ र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् । एक दशक अघिसम्म कात्तिक मङ्सिरमा खेतका फाँटमा […]

गोरु पाइन छोड्यो, हाते ट्र्याक्टरको भरमा किसान

कृषिमा आधुनिकीकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्नका लागि गोरु पाल्ने चलन हट्दै गएको छ । त्यसको ठाउँमा दाइँ लगाउन पनि हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ । म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परादेखि नै चल्दै आएको गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । …

कृषक दाइँ गर्दै तोरी

सुर्खेत २१ फागुन । सुर्खेतको वीरेन्द्रनगर– ४ मसुरि खेतमा तोरी दाइँ गर्दै कृषक ।

दाइँ लगाउने चलन हराउँदै

काठमाडौँ,१७ कार्तिक । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ । यसले […]

गगनलाई महेशको जवाफ– बोकाको शैलीले दाइँ गरिँदैन, दाइँ गर्नका गोरुकै शैली चाहिन्छ

नेकपा (एमाले) का सांसद महेश बस्नेतले बोकाको शैलीले दाइँ गरिँदैन भन्दै दाइँ गर्नका लागि गोरुकै शैली चाहिने वताएका छन् । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापालाई इंगित गर्दै उनले ...

लोप हुँदै दाइँ परम्परा - Naya Patrika

गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने

दाइँ लगाउने चलन हराउँदै

पाल्पा । गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको...