कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर