बलात्कार घटना भएको एक साता बित्दा पनि पक्राउ परेनन् आरोपी

म्याग्दी : बेनी नगरपालिका–५ की २५ वर्षीया महिला छोराछोरीसहित घरमै सुतिरहेका बेला बलात्कृत भएको एक साताभन्दा बढी भइसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेकी छन्। कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको एक साता बितिसक्दा समेत आरोपी पक्राउ नपरेको पीडित महिलाले बताएकी हुन्।ती महिलाले आफू घर फर्किन नसक्ने अवस्था आएको भन्दै न्यायका लागि अपिल गरेकी छन्। स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोक