मनसुनजन्य विपद्को उच्च जोखिममा झापा,  पूर्व तयारीमा जुट्न स्थानीय तहलाई आग्रह

झापा : झापा जिल्ला मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको छ।मनसुनजन्य विपदबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोकथाम तथा न्यूनीकरणको पूर्व तयारीमा जुट्न झापाका १५ वटै स्थानीय तहलाई आग्रह गरिएको छ।जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिडिएमसी) बैठकले मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको झापा जिल्लामा बाढीबाट हुन सक्ने सम्भावित क्षति रोकथाम तथा न्यूनीकरणमा जुट्न स्थानीय तहहरूलाई यस्तो आग्रह गरेको हो।डिसिएमसीको बैठकले गरेको निर्णय अनुसार जल तथा मौसम विभागका

सम्बन्धित सामग्री

म्याग्दीमा डेङ्गु रोगको उच्च जोखिम

केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिनुभएको छ ।